नेप्से परिसूचकमा आजपनि भारी गिरावट

9.9K
shares
Nabil bank

काठमाडौं । नेपाली सेयर बजार निरन्तर ओरालो लाग्दा आज पनि नेप्से परिसूचकमा भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ विन्दुमा पुगेको छ । आज नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा पुगेको छ ।

आज कुल २२२ कम्पनीको एक करोड ५ लाख ५७ हजार ८६६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । यो समूहको सेयरमूल्य २.९८ प्रतिशतले घटेको हो ।

बजार घट्नु र बढ्नु बजारको नियम नै भएकोले बजारमा सामान्य करेक्सन मात्र देखिएको विश्लेषकहरु बताउँछन् ।

राष्ट्र बैंकले तोकिदिएको सेयर धितो कर्जाको सीमाका कारण नै बजारमा उतारचढाव आएको युवा लगानीकर्ता कमल पन्थी बताउँछन् । सेयर धितो कर्जाका कारण ठूला लगानीकर्ताहरु प्रभावित भएकोले अहिले साना लगानीकर्ताहरुले नै बजार धानिरहेको पन्थी बताउँछन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x