च्याम्पियन लिग : म्याड्रिड र सिटीलाई सफलता
वि.सं.२०७८ भदौ ३१ बिहीवार
shares
लन्डन । च्याम्पियन्स लिगका समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिड विजयी भएको छ। रियलले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गरेकाे हाे ।
रोमान्चक खेलमा रोड्रिगोले खेलको अन्तिम समय ८९ मिनेटमा म्याड्रिडका लागि गोल गरेर टिमलाई जिताए ।
त्यस्तै समूह ‘ए’ मा इग्लिस क्लब म्यानचेस्टर सिटी विजयी भएकाे छ। सिटीले लिपजिङविरुद्ध ६–३ गाेल अन्तरकाे प्रभावशाली जित निकालेको हाे। लिपजिङका लागि क्रिस्टोफर नुकुनकुले ह्याटिङक गरेका थिए । यस्तै अर्को इग्लिस क्लब लिभरपुलले इटालियन क्लब मिलानसँग ३–२ को नतिजा निकाल्यो।
नेदरल्याण्ड क्लब आयक्सले स्पोटिङविरुद्ध ५–१ को प्रभावशाली जीत निकाल्दा फ्रान्सको सेन्ट पेरिस जर्मन (पिएसजी) र क्लब बुर्जबीचको खेल १–१ को बराबरी खेलेका थिए ।
पोर्चुगलको पोर्टो र स्पेनिस क्लब एथलेटिको म्याड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
































