रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

10.9K
shares
Nabil bank

लन्डन । प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ। टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदै चेल्सी शीर्ष स्थानमा उक्लिएको हाे । गएराती टोटनह्यामको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन थियागो सिल्भा, एन्गोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे ।

जितसँगै चेल्सीले ५ खेलबाट १३ अंक जोडेको छ । समान १३ अंक जोडेको लिभरपुल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडको पनि १३ अंक नैं छ ।

रियल म्याड्रिड ला लिगाको शीर्ष स्थानमा

स्पेनिस ला लिगामा अपराजित रियल म्याड्रिडले शीर्षस्थानमा २ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको अवस्थामा दोस्रो हाफमा घरेलु टोली भ्यालेन्सियाले ६६औँ मिनेटमा गोल गरेको थियो।भ्यालेन्सियाको लागि हुगो दुरोले गोल गरे ।

८६औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याए । ८८औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै ला लिगामा अपराजित रहेको रियलले ५ खेलमा एक बराबरीसहित १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी २ अंकले बढाएको छ

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x