साफ च्याम्पियनसिप : नेपालविरुद्ध माल्दिभ्स पराजित

11.3K
shares
Nabil bank

काठमाडौं । साफ च्याम्पियनसिपमा पहिलोपटक नेपालले माल्दिभ्स माथि ऐतिहासिक जित दर्ता गरेकाे छ। साफ च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको हाे।

पहिलो हाफमा खेलमा कुनै गाेल गर्न नसकेकाे नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीकाे गाेलबाट अग्रता बनाएको थियो।

नेपालका लागि डाँगीले ८६ मिनेट गोल गरेपछि माल्दिभ्स नेपाल विरुद्ध पराजित भएकाे हाे।

जितपछि नेपालको तीन अंक भएको छ । खेलको ५९ औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।

त्यस्तै अर्काे खेलमा मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १–० ले हराएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x