साफ च्याम्पियनसीप : श्रीलंका विरुद्ध नेपालको शानदार जित

13.4K
shares
Nabil bank

काठमाडौं – साफ च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंका माथि शानदार जीत हात पारेको छ ।

माल्दिभ्समा जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जित निकाल्दै लगातार दोस्रो जित हात पारेकाे हाे‌। सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

नेपालका लागि सुमनले खेलको ३३ औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, लगत्तै ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए ।

त्यस्तै नेपालले ८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । श्रीलंकाले खेलको इन्जुरी समयमा पेनाल्टी पाएपछि डी सिल्भाले गोल गर्दै खेल ३–२ को अवस्थामा पुग्यो ।

त्यस्तै जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x