आईपीएल २०२१ : मुम्बईले राजस्थानलाई हरायो, प्ले अफमा पुग्ने आशा कायमै

11.1K
shares
Nabil bank

आईपीएल २०२१ मा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बिचकाे खेलमा मुम्बई विजयी भएकाे छ । ९१ रनको लक्ष्य पछ्याएको मुम्बईको टोलीले राजस्थानलाई ८  विकेटले हरायो ।

–ईशान किशनको विस्फोटक व्याटिङकाे मद्दतमा मुम्बई विजयी भयो

प्लेअफको दौडमा रहेकाे मुम्बई इन्डियन्सलाई यो खेल जित्न आवश्यक थियो। मात्र ९१ रन पछ्याएकाे मुम्बईले सुरुवात भने राम्रो गर्न सकेन् । पहिलो कप्तान रोहित शर्माले मुम्बईलाई धमाका दिए । तर उनी चाँडै आउट भए । रोहित पछि सूर्यकुमार यादव पनि आउट भए ।

तर ब्रेक पछि खेलिरहेका ईशान किशनले एक शानदार पारी खेले र मात्र २५ बलमा ५० रन बनाएर ९ ओभर भन्दा पहिले आफ्नो टीमलाई जित दिलाए।

इशान किशनले आफ्नो पारीमा मेडेन ओभर खेले, तर पछि २५ बलमा ५० रन बनाउन विस्फोटक पारी खेले । ईशानले आफ्नो पारीमा ५ चौका, ३ छक्का प्रहार गरे।

–राजस्थान रोयल्सको लाजमर्दो ब्याटिङ

मुम्बईले टस जितेर राजस्थानलाई ब्याटिङ गर्न बोलायो र उनीहरुको निर्णय शानदार साबित भयो । इभिन लुईस र यशस्वी जायस्वालले राजस्थानलाई छिटो सुरुवात दिलाउन कोसिस गरे तर दुबैको आउट भएपछि ब्याट्सम्यानहरु मध्ये कसैैले पनि दाेहाेराे रन जाेेड्न सकेनन् । राजस्थान रोयल्सका ४ खेलाडीले मात्र दोहोरो अंक पार गरे र ओपनर इभिन लुईस २४ रन बनाएर नम्बर एक स्कोरर बने ।

मुम्बई जितपछि नेट रन रेटमा जबरजस्त फाइदा उठाएको छ र अब मुम्बई सिधै पाँचौ स्थानमा पुगेका छन्। दिल्ली, चेन्नई र बेंगलुरुले प्लेअफमा आफ्नो सिट पक्का गरिसकेका छन् र अब चौथो टोलीको लागि लडाइँ जारी छ । मुम्बई, कोलकाता र पन्जाबको बीच एक ठाउँको लागी एक खेेल बाँकी छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x