जसपाका कार्यकर्ताले अध्यक्ष उपेन्द्र यादवलाई कालानाग भन्दै पुतला जलाए

16.8K
shares
Nabil bank

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै जनता समाजवादी पार्टीका कार्यकर्ताहरुको एउटा समूहले पार्टी अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा वीरगन्जमा २ दिनदेखि सडक तताईरहेका छन्। मुड्ली मेनरोडमा रहेको पार्टीको जिल्ला समन्वय कार्यालय अगाडि शुक्रबार साँझ प्रदर्शन गरेका उनीहरुले शनिबार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरेका छन्।

‘उपेन्द्र यादवलाई पर्सामा प्रवेश निषेध’, ‘पर्सावासीलाई ठग्न पाइँदैन’ लगायत उल्लेख भएको प्लेकार्ड बोकेका प्रदर्शनकर्ताहरुले शनिबार वीरगन्जको घन्टाघरमा विरोध प्रदर्शन गरेका थिए।

पर्सा सांसद यादवको नाममा मन्त्री सिफारिस नगरेकाले आक्रोशित जनाउने क्रममा कार्यकर्ताले यसअघि शुक्रबार साँझ चर्को नाराबाजीविच उपेन्द्र यादवलाई कालानाग भन्दै प्रदर्शनकारीले उनको पुतला दहन गरेर विरोध प्रकट गरे। उनीहरुले पार्टीको कार्यालयमा लगाइएको साइनबोर्ड र झण्डा समेत जलाएका थिए।

‘आन्दोलन गर्ने वीरगन्जले र प्रदेशको राजधानी जनकपुरमा बनाइने, मधेस आन्दोलनलाई उचाईमा पुर्याएका नेता प्रदीप यादवलाई मन्त्री बनाउने भनेर पनि नबनाउनेजस्ता काम गरेर उपेन्द्र यादवले धोका गरेको’ उनीहरुले प्रतिक्रिया दिएका छन्। नागरिक दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x