फाइनलपछि म नेपाल फर्कने पनि छैनः प्रशिक्षक अलमुताइरी

11K
shares
Nabil bank

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि पद त्याग गर्ने घोषणा गरेका छन्। नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेशपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने घोषणा गरेका हुन्।

उनले एक महिनाअघि नै राजिनामा दिएपनि अब नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजिनामा लागु हुने बताए। उनले आफू नेपाल नफर्कने बताएका हुन्। उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु। फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ। फाइनलपछि म नेपाल फर्कने पनि छैन।’

प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए। उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे। तर नेपालको जितमा खुसी छु।’ नागरिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x