एल क्लासिकाे भिडन्तमा बार्सिलोना रियलसँग पराजित
वि.सं.२०७८ कात्तिक ७ आइतवार
17.3K
shares
shares
स्पेनिस ला लिगा फुटबलमा एल क्लासिको भिडन्तमा बार्सिलोना घरेलु मैदानमा रियल म्याड्रिडसँग पराजित भएकाे छ ।
बार्सिलोना घरेलु मैदानमा रियलसँग २-१ गाेल अन्तरले पराजित भएकाे हाे । बार्साविरुद्ध मड्रिडका डेभिड अलाबा र लुकास भास्केसले गोल गरे ।
त्यस्तै बार्साका लागि सर्जियाे अग्वेराेले एक गाेल गरेका हुन् । यस जितसँगै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। मड्रिडको ९ खेलबाट २० अंक भएको छ।
बार्सा भने समान खेलबाट १५ अंकसहित लिगको आठौं स्थानमा छ।

Subscribe
0 Comments
Oldest
































