आगामी चैत ५ भित्र स्थानीय निर्वाचन गर्न सिफारिस

1.7K
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगले छलफल गरि आगामी चैत ५ गतेभित्र निर्वाचन गर्न सिफारिस गरेको छ ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ। कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

निर्वाचन सम्पन्न भइ गणना गर्दासम्मको समय हेर्दा ७ गते अर्थात जेठ ५ गते स्थानीय तहका पदाधिकारीको समयावधी सकिन्छ । म्याद सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

तर निर्वाचनसम्बन्धी कानुनमा दुई महिना अघि नै निर्वाचन गर्नुपर्ने भन्दै जेठ ५ गतेका लागि सिफारिस गरिएको बताइएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले अन्य दलहरुसँग छलफल गरेर मात्रै सो विषयमा निर्णय लिने बताएका छन् ।

civil hospital
Hams Hospitals