नेपाली कांग्रेस – १४ औं महाधिवेशनको मिति हेरफेर गर्ने तयारी हुँदै

1.2K
shares

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मितिलाई परिवर्तन गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीच मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा महाधिवेशनको मिति हेरफेर गर्ने विषयमा छलफल भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले मंसिर उता नजाने गरि मिति तय गरिनु पर्ने गरि महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्धारित ९ देखि १३ मंसिरसम्मको मितिलाई २० मंसिरबाट सुरु गर्नेगरी सार्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘मिति धेरै धकेल्ने कुरा छैन, ९ देखि १३ को साटो २० मंसिरबाट सुरु गर्ने भन्ने विषयमा छलफल भयो, त्यसमा एकदुई दिन तलमाथि होला, निर्वाचन समितिलाई त्यहीअनुसार काम अघि बढाउन भनिएको छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले बताए ।

civil hospital
Hams Hospitals