विश्वकप टि–२० क्रिकेट : पाकिस्तानको लगातार तेस्रो जीत

19.4K
shares
Nabil bank

युएइ । विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्थानलाई ५ विकेटले पराजित गरेकाे छ । समुह चरणमा पाकिस्तानको यो लगातार तेस्रो जीत हो ।

पहिला जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । अफगानका लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिए ।

पाकिस्तानका लागि इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटायो ।

पाकिस्तानका लागि कप्तान बाबर अजामले अर्धसतीय पारी खेलेका थिए । फकर जमानले ३० तथा असिफ अलीले २५ रनको योगदान गरे ।

अफगानका लागि रसिद खानले २ विकेट लिए भने मुजिब रहमान, नावी, नवीन र करिमले एक एक विकेट लिएका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x