राखेपको सदस्य सचिवको जिम्मेवारी ढकाललाई
वि.सं.२०७८ कात्तिक १६ मंगलवार
13K
shares
shares
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्क्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्क्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कार्त्तिक १६ गते
(मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदासम्मकोलागि राखेपको सदस्य सचिवको जिम्मेवारी दिर्ईएको पोखरेलले बताउनुभयो ।
Subscribe
0 Comments
Oldest
































