टि-२० विश्वकप : इंग्ल्याण्डलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा प्रवेश

2.1K
shares

न्युजिल्यान्ड टि–२० विश्वकप २०२१ को फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।

एकपटक खेलमा बेलायतको अग्रता देखिएको थियो तर अन्तिम ओभरमा न्युजिल्यान्डले पल्टाएर खेल जित्यो । टि-२० विश्वकप सुरु हुँदा न्युजिल्यान्ड फाइनल पुग्ने पहिलो टोली होला भनेर कसैले सोचेको थिएन् तर यसपटक सबैलाई चकित भएका छन् ।

क्रिकेट जगतमा पछिल्ला केही वर्षको अवस्था हेर्दा अस्ट्रेलियाको टोली ओरालो लाग्न थालेपछि दुई टोलीले मात्रै वर्चस्व कायम गरेको छ । भारतको टोली र न्युजिल्यान्ड, टीम इन्डियाले विश्वभर लगातार खेल जित्दै आए पनि आईसीसी प्रतियोगितामा न्युजिल्यान्डको टोलीले हरेक पटक जित हासिल गरेको छ ।

सन् २०१५ को विश्वकपदेखि २०२१ को टी–२० विश्वकपको फाइनलसम्म न्युजिल्यान्ड पूर्णरुपमा पुनर्जीवित भएको छ । पछिल्लो दुई वर्षमा न्युजिल्यान्ड आईसीसीका तीनवटा प्रतियोगिताको फाइनलमा पुग्यो, त्यो पनि तीनै फरक फर्म्याटमा।

२०१९ ओडीआई विश्वकपको फाइनल पहिलो पटक इङ्ल्यान्डसँग पराजित भएको थियो । २०२१ मा भएको टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतलाई हराएर च्याम्पियन बनेको थियो । अब टी–२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ ।

 

civil hospital
Hams Hospitals