राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा लिङदेनकाे उम्मेदवारी घोषणा

1.8K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङदेनले उम्मेदवारी घोषणा गरेका छन् ।

नेता लिङदेनले बिहीबार दरबारमार्गस्थित एक होटेलमा पत्रकार सम्मेलन गर्दै आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लिङदेन राप्रपाका महामन्त्री समेत रहेका छन् ।

यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेपनि आज लिङदेनले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै लिङदेनले आफूले जित्नकै लागि उम्मेदवारी घोषणा गरेको तथा आफ्नो उम्मेदवारीले अन्य दलहरुलाई समेत चुनौती हुने उनको बताए ।

राप्रपाको आगामी महाधिवेशन मंसिर १५, १६ र १७ गते काठमाडौंमा हुँदैछ । आगामी महाधिवेशनमा लिङदेनले कमल थापासँग प्रतिष्पर्धा गर्नेछन् ।

 

civil hospital
Hams Hospitals