भूमिहिन, दलित, सुकुम्वासी तथा महिलाका अधिकार स्थापित गर्ने र उनीहरुलाई जमिनसँग जोड्ने गरी काम गर्ने छु – मन्त्री श्रेष्ठ
वि.सं.२०७८ मंसिर १० शुक्रवार
shares
मंसिर १०/भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भएका उपलब्धीको रक्षा र त्यसलाई संस्थागत विकास गर्न अहिलेसम्म पार्टीले गरेका राम्रा कामहरुलाई लिएर जनतासम्म जानुपर्नेमा जोड दिनु भएको छ ।
नेकपा माओवादी केन्द्रको कठमाडौंको तारकेश्वर नगर सम्मेलनको आज उद्घाटन गर्नुहुदै मन्त्री श्रेष्ठले संघीयता लोकतान्त्रिक गणतन्त्र र प्राप्त नागरिक अधिकारको विषय माओवादीको एजेण्डा र पहलबाट स्थापित भएकाले यस विषयमा नागरिकलाई स्पष्ट पार्नु पर्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले जसको नीति उसको नेतत्व हुन नसक्दा संविधान नै नष्ट गर्ने गरी कदम चालिएको भन्दै संविधानको रक्षा र उपलब्धीलाई संस्थागत गर्न अव माओवादी केन्द्रले मात्रै सक्ने पनि बताउनु भयो ।
उहाँले संविधानको रक्षाको लागि माओवादी केन्द्रले गठबन्धन निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको र संविधान मास्ने प्रतिगामी तत्वहरु अझै रहेकाले संविधानको रक्षका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले आफूले मन्त्रालय संहालेपछि भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर प्रक्रिया अअगाडी बढाएको बताउनुभयो ।
उहाँले मुक्त हलीया, कमैया, कमलरी र हरुवा चरुवाका समस्या समाधान गर्न कार्यदल बनाएर काम शुरु गरिसेको भन्दै उपत्यकामा रहेको स्ववासी, गुठी लगायतका समस्या समस्या समाधान गर्न आफूले काम शुरु गरिसकेको पनि बताउनु भयो ।
मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पतिमा महिलाको हक शुनिश्चित गर्न अंशबण्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनु पर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयहरुमा निर्देशन जारी गरिसकिएको पनि जानकारी दिनुभयो।
मन्त्री श्रेष्ठले भूमिहि, दलित, सुकुम्वासी, महिला, जनजाती, पिछडिएको क्षेत्र वर्गको अधिकार स्थापित गर्ने एजेण्डा र नीति माओवादी केन्द्रको भएकाले आफू भूमिहिनलाई भूमि दिएर उत्पादनमा जोड्ने र सहकारीलाई त्यसको लक्ष्य, उदेश्य र मर्म अनसार सञ्चालन गरेर रोजगारी सिर्जना गर्ने तथा युवालाई विदेशीन नपरोस भन्ने गरी काम शुरु गर्न लागेको पनि जानकारी दिनुभयो ।




























