सहिद स्मारक ए डिभिजन लिग – मच्छिन्द्र र त्रिभुवन आर्मी भिड्दै

17.8K
shares
Nabil bank

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मच्छिन्द्र र त्रिभुवन आर्मी क्लब बिचकाे खेल हुँदैछ । मच्छिन्द्र साविक विजेता टाेली हाे , भने त्रिभुवन आर्मी उपविजेता टाेली हाे ।

मच्छिन्द्र र आर्मीबीचको खेल नेपाली समय अनुसार दिउँसोको १:०० बजेबाट सुरु हुनेछ।

गत सिजनको लिगको फाइनल खेलमा यी दुई टिम आमुनेसामुने हुदाँ मच्छिन्द्र विजयी भएकाे थियाे । दुवै टीम आज पनि जित हात पार्ने लक्ष्य लिएर मैदान उत्रनेछन् ।

मच्छिन्द्र र आर्मीबीचको खेल निकै रोमाञ्चक हुनेछ , किनभने र्आर्मीमा अधिकांश खेलाडी पुरानै छन् । त्यसैगरी मच्छिन्द्र पनि उपाधि दाबेदारी टाेलीकाे रुपमा हेरिएको छ । आर्मीका गोल रक्षक विकास खवास र फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण आज मैदान देखिने छैनन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x