नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न , यस्ता भए निर्णय
वि.सं.२०७८ मंसिर २३ बिहीवार
2.2K
shares
shares
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएकाे छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।





























