‘भेडासँगै हिडेकाले हामी पनि भेडा भयौँ कि भन्ने छ ‘ तर सिंह हौँ, हामी सिंहजसरी गर्जिनुपर्छ : अध्यक्ष प्रचण्ड
वि.सं.२०७८ मंसिर २६ आइतवार
shares
२५ मंसिर काठमाडै । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भेडा नभएर सिंह भएको बताएका छन् ।
माओवादी केन्द्रको ७ वटा भौगोलिक र २ गैरभौगोलिक गरी ९ प्रदेशको अधिवेशलाई संयुक्त रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु सिंह भएकाले सिंह कै बाटाेमा हिड्नु पर्ने बताएका छन् ।
‘भेडासँगै हिडेकाले हामी पनि भेडा भयौँ कि भन्ने छ’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘हामी भेडा होइनौँ, सिंह हौँ, हामी सिंहजसरी गर्जिनुपर्छ । सबै आआफ्नो ठाउँबाट गर्जिऔँ ।’
अध्यक्ष प्रचण्डले माओवादीलाई हराउन सक्ने तागत नेपालमा अहिले कसैसँग नभएको जिकिर समेत गरे । ‘कमरेडहरु, हामीलाई अहिले हेप्न खोजेको छ, केही प्रतिक्रियावादी दलालहरुले हामीलाई हेप्न खोजेका छन्, त्यसको मुल कारण हामी नौँ हौँ, हाम्रै कारणले हामीलाई हेप्न खोजेको हो’ अध्यक्ष प्रचण्डले भने, ‘हामी आफैँ कन्फ्युजनमा परेर हेपेको हो । हामी आफैँ कन्फ्युजमा परेरै हेपेको हो।
राष्ट्र जनता र मानव जातिको लागि काम गर्ने पार्टी माओवादी हो भन्ने कुरा स्थापित गर्ने नै माओवादीका लागि चुनौती भएको भन्दै उनले भने, ‘यसका लागि इतिहास र विज्ञानको अध्ययन गर्न जरुरी छ ।’
केन्द्रको आज ९ प्रदेशको अधिवेशन उदघाटन भएको छ । माओवादीको अधिवेशनमार्फत आज प्रदेश तहमा नयाँ नेतृत्व पाउँदैछ ।
माओवादीको प्रदेश तहमा अध्यक्ष, उपाध्यक्ष तीन, सचिव एक, सहसचिव ३ र कोषाध्यक्ष १ गरी ९ जना पदाधिकारी हुनेछन् । माओवादीले सदस्य संख्याको आधारमा प्रदेश तहमा सदस्य संख्या बढाएको छ ।
माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा सम्पन्न हुँदैछ ।




























