ए डिभिजन लिग : जितसँगै मनाङ मर्स्याङ्दी शीर्षस्थानमा उक्लियाे

17.7K
shares
Nabil bank

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा विजयी भएकाे छ । पहिलाे पटक पोखरा रंगशालामा भएकाे खेलमा घरेलु मैदानकाे फाइदा उठाउँदै मनाङ्ले नेपाल पुलिस क्लबलाई पराजित गर्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

३५औँ मिनेटमा मनाङ डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निरकुमार राईलाई फाउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । पेनाल्टीमार्फत सुमन लामाले गाेल गर्दा खेल बराबरी भएपनि पुलिसले जित भने निकाल्न सकेन् ।

पोखरा रंगशालामा कप्तान अन्जन विष्टको २ तथा निशान लिम्बूको १ गोलमा मनाङले पुलिसलाई ३-१ अन्तरले पराजित गरेकाे हाे ‌।

यसैगरी घरेलु मैदानमा पहिलो खेलमै मनाङ ३ अंक जोड्न सफल भयो । जितसँगै मनाङको पाँच खेलबाट १३ अंक बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको मच्छिन्द्रको ११ अंक छ । पराजित पुलिसको पाँच खेलबाट ५ अंकसहित आठौँ स्थानमा छ ।

त्यस्तै यतिबेला दशरथ रंगशालामा थिस्ट्रार तथा एनआरटी बिचकाे‌ खेल भइरहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x