एकीकृत समाजवादीका पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने
वि.सं.२०७८ पुस ५ सोमवार
1.2K
shares
shares
काठमाडौँ। माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार रुपैयाँ पाउने भएका छन् ।
काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीन सदस्यलाई १० हजार रुपैयाँको दिन लागिएको हाे ।
सदस्यता वितरण, संगठन निर्माण र परिचालन उल्लेख गर्दै २ पुसमा टोली निर्माण गरि ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्यकाे रुपमा लिदै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गरिएको हाे ।
कार्कीका अनुसार ‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ ।




























