राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा बस्नेत नियुक्त
वि.सं.२०७८ पुस २१ बुधवार
13.6K
shares
shares
काठमाण्डौं, पौष २१
राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त हुनुभएको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीकालागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरीएको थियो । गत पौष १ गते युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्त्रीस्तरीय निर्णयबाट सिफारीस समिति गठन गर्नुभएको थियो । सोही समितिको सिफारीसको आधारमा मन्त्रीपरिषदको बैठकले बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा १४ बमोजिम ५ वर्षे कार्यकालकालागि बस्नेतलाई उपाध्यक्षमा नियुक्त गरीएको हो। उपाध्यक्ष पदमा नियुक्तीकालागि १२ जनाले आवेदन दिनुभएको थियो ।
Subscribe
0 Comments
Oldest
































