फुटबल स्टार रोनाल्डोको ट्रेडमार्कमा पनि नेपालीको नक्कल, सीआर ७ (CR7) नाममा जुस उत्पादन गर्दै

19.3K
shares
Nabil bank

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ट्रेडमार्क नक्कल गरेर नेपाली कम्पनीले जुस उत्पादन गर्ने तयारी गरेको छ ।

सिमराजितपुर उपमहानगरपालिका क्षेत्रमा रहेको पशुपति थाइ बेभरेज प्रालीले सीआर ७ (CR7) नाममा जुस, सोडा, लगायतका इनर्जी ड्रिङ्क्स उत्पादन गर्न ट्रेडमार्क दर्ताको लागि आवेदन दिएको छ ।

यूरोपदेखि अमेरिकासम्म होटलदेखि विभिन्न सेवा तथा उत्पादनमा रोनाल्डोले प्रयोग गर्दै आएको सीआर ७ ट्रेडमार्क नेपाली कम्पनीले नक्कल गर्न खोजेको हो । कम्पनीले ट्रेडमार्क दर्ताका लागि उद्योग विभागमा निवेदन दिइसकेको छ। उक्त ट्रेडमार्कमा कसैको दावी विरोध भए दावी विरोध गर्न विभागले उद्योग बुलेटिनमा ट्रेडमार्क प्रकाशित गरेको छ ।

रोनाल्डोको एशियाली देशमा व्यापार नरहेकोले नेपालमा सीआर ७ ट्रेडमार्क दर्ता भएको कुरा उनले तत्काल थाहा पाउने देखिदैन। उनको ट्रेडमार्क नक्कल हुँदैछ भन्ने कुरा थाहा नपाएपछि दावी विरोध पर्ने सम्भावना पनि कम छ ।

दावी विरोध नपरेपछि विभागले उक्त ट्रेडमार्क पशुपति थाइ वेबरेजलाई दिने छ। भविष्यमा फुटबलर रोनाल्डोको कुनै उत्पादन नेपाल प्रवेश गरेको खण्डमा उनले कानूनी लडाइ लड्नुपर्ने देखिन्छ । नेपालमा बौद्धिक सम्पतीको संरक्षण कानून भरपर्दो नभएका कारण बहुराष्ट्रिय कम्पनीहरुमा नराम्रो छाप परिसकेको छ। आर्थिक दैनिकमा समाचार छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x