कांग्रेस एमाले परित्याग गरि दर्जन बढी युवा माओवादीमा प्रवेश

2.2K
shares

सिन्धुपाल्चोक। नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला सदस्य दिनेश बरुवाल, नेकपा एमाले निकट युवा संघका पालिका अध्यक्ष दिनेश थापा, नेपाली कांग्रेस वडा नम्बर ४ का इकाई उपसभापति समीर केसी, करातेका राष्ट्रिय खेलाडी दिपेन्द्र तामाङ सहितका एक दर्जन बढी प्रभावशाली युवाहरुको समुह र पाँचपोखरी-मेलम्चीका एक दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेशीहरुलाई पेरिसडाँडा स्थित पार्टी केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्ड, केन्द्रिय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल, बागमती अध्यक्ष सरल सहयात्री, प्रदेश सदस्य भरत थापा, गाउँपालिका अध्यक्ष पेमा लामा लगायत सिन्धुपाल्चोकका नेताहरूले स्वागत गरेको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य समीर गिरिले जानकारी दिए ।

उनिहरुलाई प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले अहिले भएका परिवर्तनहरुको रक्षा र कार्यान्वयनमा युवापुस्ताको महत्त्वपूर्ण भुमिका रहने बताउँदै त्यसका लागी युवापुस्ता अघि बढ्नु पर्ने बताए । त्यस्तै नेता दुलालले माओवादी बिकास र परिवर्तनको पर्याय भएको भन्दै देशको लागि माओवादी निर्विकल्प शक्ति भएको बताए ।

civil hospital
Hams Hospitals