एमसीसी पारितमा पार्टीले लिएको अडान राष्ट्रिय अडान सावित भयो : अध्यक्ष नेपाल (पूर्णपाठ)
वि.सं.२०७८ फागुन २५ बुधवार
1.4K
shares
shares
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न आफ्नो पार्टीले लिएको अडान राष्ट्रिय अडानकाे संज्ञा दिएका छन् ।
बुधबार पार्टीको पोलिट्ब्युरो समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले एमसीसी ‘व्याख्यात्मक घोषणासहित’पारित गर्नु आफ्नाे पार्टीकाे मुख्य भूमिका रहेकाे नेपालले बताएका हुन् ।
‘हाम्रो पार्टीले उक्त कम्प्याक्टमा भएका कतिपय गलत र दोहोरो अर्थ लाग्ने विषयहरुको बारेमा स्पष्ट निरुपण नगरी अनुमोदन गर्न हुँदैन भनेर निर्णयसहित दृढ अडान लियो, हाम्रो पार्टीको अडान नै हाम्रो राष्ट्रिय अडान बन्यो’ अध्यक्ष नेपालले भने ।
पूर्णपाठ





























