त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला : नेपालसँग पीएनजी पराजित

Ghorahi cement

काठमाडौं । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर एक सय ६८ रन मात्र बनायो ।

पीएनजीविरुद्ध बलिङमा सन्दीप र करण केसीले समान तीन विकेट लिए । यसबाहेक अविनाश बोहराले दुई र सोमपाल कामीले एक विकेट लिए ।

जितसँगै नेपालले ट्वान्टी २० शृंखलामा सुखद् सुरुआत गरेको छ । शृंखलामा नेपाल, पीएनजी र मलेसिया सहभागी छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro