विश्व बैंकसँग नेपालले ९ अर्ब ४४ करोड ऋण लिने
वि.सं.२०७७ पुस ६ सोमवार
1.7K
shares
shares
काठमाडौं,विश्व बैंक र नेपाल सरकारबीच ग्रमीण उद्यमशीलता र आर्थिक विकास आयोजनाका लागि ९ अर्ब ४४ करोड रूपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको ऋण सम्झौतामा हस्ताक्षर भएको छ। महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि विश्व बैंकले यो ऋण दिन लागेको हो।
ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्।
आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिनेछ।




























