Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

केपी ओलीलाई अध्यक्षबाट हटाउने प्रचण्ड–माधव समूहको तयारी

1.8K
shares

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड– माधव समूहतिर लागेका छन् ।

 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठक बबरमहलस्थित कार्की ब्याङक्वेटमा चलिरहेको छ । बैठक स्थलमा राखिएको पुस्तिकामा ३१० केन्द्रीय सदस्यले हस्ताक्षर गरेको पाइएको छ । यो संख्या नेकपाको वर्तमान केन्द्रीय कमिटीको दुई तिहाइभन्दा पनि बढी हो ।

 

नेकपाको वर्तमान केन्द्रीय कमिटीमा ४४७ जना छन्, जसमध्ये केहीको मृत्यु भएको छ ।

civil hospital
Hams Hospitals