नेपाल लाइफको लाभांश ५१ प्रतिशत

1.1K
shares
Shine resunga department bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने भएको छ । मंगलबार सेको कम्पनीको ३११औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

 

हाल नेपाल लाइफको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ । बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड पुग्ने छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बीमा समितिको स्वीकृति र साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।