सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट निवेदनलाई आजदेखि

1.7K
shares
national life insurances

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको वैधतामाथि परेको रिट निवेदनलाई आजदेखि प्रारम्भिक सुनुवाइ थाल्ने भएको छ ।

 

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट दायर भएको थियो । जसमध्ये एक वटा रिट निवेदन सोझै संवैधानिक इजलासमा गएको छ भने बाँकी साधारण प्रकृतिका रहेका छन् ।

 

संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पालो आगामी शुक्रबार आउने सम्भावना रहेको छ ।

 

प्रतिनिधि सभा विघटन सम्बन्धी एकै खालको मुद्दामध्ये एउटा नियमित इजलासमा र अर्को संवैधानिक इजलासमा परेकाले आदेशमार्फत सबै निवेदनलाई एकै इजलासमा हेर्ने गरी आदेश हुने सम्भावना पनि रहेको छ ।

Hams Hospitals
Machhapuchhre Bank Limited