नागढुंगा-नौबिसे सुरुङमार्ग खन्न शुरु

28.4K
shares
Nabil bank

काठमाडौं । मंगलबारदेखि नागढुंगा-नौबिसे सुरुङमार्ग मुख्य सुरुङमार्ग खन्ने कामको सुरुवात भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्गका लागत २२ अर्ब रुपैयाँ रहेको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको सुरुङमार्गमा जापानको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यहोर्ने योजना रहेको छ। निर्माण ठेक्का जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेसनले पाएको छ।

आयोजनामा मुआब्जा विवाद, स्थानीयको अवरोध, इक्विपमेन्ट, विस्फोटक पदार्थ ल्याउन स्वीकृतिमा ढिलाइ आदिले काम अघि बढ्न ढिला भइरहेको थियो। ुसमस्याहरु सुल्झाउनै एक वर्ष लाग्यो। समस्याहरु समाधान हुन थालेपछि कोरोना भाइरसका कारण स्वास्थ्य सतर्कताको मापदण्डले प्रभावित भएको थियो ।

निर्माण कम्पनीले तयार पारेको संशोधित तालिका अनुसार जनवरीबाट पनि काठमाडौंतिरको पोर्टलबाट पनि सुरुङ खोतल्न सुरु गर्ने योजना छ। करिब ३० टन विस्फोटक पदार्थसमेत आइपुगेको छ। बाँकी ल्याउने प्रक्रियामा छ।

चन्द्रागिरि(१ टुटीपाखाबाट धादिङको धुनिबेंसी नगरपालिकाको सिस्नेखोला निस्कने सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ। दुई लेनको सुरुङमार्गसँगै समानान्तर हुनेगरि स्केप्ट टनेल निर्माण हुनेछ। जुन आपतकालीन समयमा प्रयोग हुनेछ।

आयोजनाका लागि ९ सय टन विस्फोटक २७० जना कामदारहरुले अहिले दुवैतिरको पोर्टलमा काम गरिरहेका छन्। ती कामदारहरुले सुरुङमार्ग बाहिरको काम गरिरहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x