प्रचण्ड अब “भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्रि” महेश बस्नेत

22K
shares
Nabil bank

काठमाडौं, नेकपा नेता महेश वस्नेतले पुमा गुटका अध्यक्ष पुष्पकमल दहाल प्रति फेसबुकमा व्यङ्ग गर्दै फेसबुके प्रधानमन्त्रिको उपमा दिएका छन् ।

“नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क प्रचण्डको ०६४ सालको चुनाब अगाडी भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय ब्यब्स्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।

आज फेरि बिगठीत प्रतिनिध सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क प्रचण्ड अब भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।”

 

पार्टि बिभाजन हुने अबस्थामा बिभाजित नेताकार्यकर्ता एक अर्काप्रति आरोप प्रत्यारोपमा उत्रनु कमनिष्ट चरित्रकारुपमा स्थापित मान्यता झैं भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x