“संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौं”: प्रचण्ड
वि.सं.२०७७ पुस ९ बिहीवार
786
shares
shares
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । प्रचण्ड-माधव समूहका सांसदहरुको बुधबार बसेको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए हुन् ।
संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने आफुहरुको प्रतिबद्धता रहेको भन्दै अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा लागेको उनको भनई छ ।
७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको प्रचण्डले बताए ।
वि.सं.२०७७ पुस ९ बिहीवार ०९:२९