कांग्रेसले पुस १३ गते देशभर आन्दोलन गर्ने संसद विघटनविरुद्ध
वि.सं.२०७७ पुस ९ बिहीवार
669
shares
shares
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार गरेको संसद विघटनविरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले देशैभर आन्दोलन गर्ने घोषणा गरेको छ ।
कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने घोषणा गरेको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय समिति बैठकले १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।
वि.सं.२०७७ पुस ९ बिहीवार २०:१७