त्रिविमा यसपटक हिउदे बिदा नहुने

वि.सं.२०७७ पुस १० शुक्रवार
1.1K
shares
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ। विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो ।
विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए ।