आजको राशिफल पौष १० गते तपाइको दिन शुभ रहोस्

1.1K
shares
Shine resunga department bank

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । दान र सहयोग गर्न मन लाग्ने हुँदा केहि रकम खर्च हुनेछ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । अग्रज तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ भने व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाईँ अब्बल साबित हुनुहुनेछ ।

 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा काम गर्न सकिने हुनाले मनमा हर्ष,आनन्द र प्रशन्नताको सञ्चार हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा विलाशी वस्तुको प्रयोग गर्न पाईनेछ । धर्म सस्कृति तथा रितिरिवाजको क्षेत्रमा राम्रा काम गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङगको लागि समय उत्तम रहेकोछ भने दाम्पत्य जीवन असल रहनेछ । समय तथा भाग्यले साथ दिने हुँदा सानो सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना थाती रहेका कामहरु समयमा नै सकाएर आर्थिक अवस्था मजभुत बनाउन सकिनेछ । आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक वस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पती प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा विलाशी बस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछिका लागी लाभ दाएक हुनेछ । खानपानमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

 

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धा भावमा गोचर गर्ने शुभ चन्द्रमाले नोकरी तथा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लामो समयदेखि रोकिएर बसेका काम बन्ने तथा अदालती निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछ । ऋण तथा रोगबाट मुक्ती पाईने समय रहेकोछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । प्रेममा एक अर्काको विश्वास जिति रमाउँन पाउदा मन हर्शित हुनेछ ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानि गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागी यात्राको अवसर जुर्नेछ ।

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले राम्रा काम गर्न सकिने तथा सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ ।