मोटरसाइकल चोरी गर्ने २ जना पक्राऊ
वि.सं.२०७७ पुस १० शुक्रवार
21K
shares
shares
काठमाडौं,महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मोटरसाईकल चोरी गर्ने दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको छ ।
जिल्ला रामेछाप मन्थली नगरपालिका वडा नं. १२ घर भएका वर्ष २५ को रामशरण मिजार र बर्ष १९ को सुवास मिजारलाई चोरी गरेको बा ८१ प ५२७५ कालो रङको पल्सर २२० सी.सी.मोटरसाईकलसहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
काठमाण्डौ कपनबाट हराएको भनि अभिषेक ढकालले हुलिया सहितको निवेदन मिति २०७४ असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाईएको छ ।
Subscribe
0 Comments
Oldest































