प्रचण्डले भने, ‘मुद्दा अदालतमा छ,हाम्रो अदालतप्रति भरोसा छ।’

15.4K
shares
Nabil bank

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति आफूहरुलाई भरोसा रहेको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक भन्दै अदालतको भरोसा आफूहरुलाई रहेको बताएका हुन्।

प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘यत्तिबेला सात दशक लामो संघर्षबाट आएको यो संविधान र त्यसबाट प्राप्त लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्ने दायित्व हाम्रको काँधमा छ’, प्रचण्डले भने, ‘मुद्दा अदालतमा छ। हाम्रो अदालतप्रति भरोसा छ।’

संसद् विघटनको निर्णय असंवैधानिक भएकोसमेत उनले बताएका छन्। ‘संविधानको मर्म, भावना र जनताको चाहना अनुसार एवम् सबै तहतप्काका जनताको भावना अनुसार प्रतिनिधिसभा विघटन असंवैधानिक छ।’

प्रतिनिधिसभा विघटनको निर्णय भएपछि नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड-माधव नेपालको छुट्टाछुट्टै दुई समूह बनेको छ। प्रचण्ड-नेपाल समूहले आफ्नो समूह आधिकारिक भएको भन्दै शुक्रबार नै निर्वाचन आयोगमा गएर दाबी प्रस्तुत गरेको छ।

प्रचण्डले गणतन्त्र र समावेशी लोकतन्त्रका लागि आफूहरु लडाइँ लड्दै गर्दा गणतन्त्र असम्भव छ भन्ने प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटनमा लागेको भन्दै आपत्ति जनाएका छन । उनले यो कदमविरुद्ध सबै बुद्धिजीवी र राष्ट्रिय दल एकमत रहेको दाबीसमेत गरेका छन् ।

‘हिजो हामी गणतन्त्र, समावेशी लोकतन्त्रका निम्ति लडाइँ लड्दै थियौँ । त्यत्तिबेला गणतन्त्र असम्भव छ भन्ने प्रधानमन्त्री केपी ओली प्रतिनिधिसभा विघटनको पहलमा लाग्नुभयो’, प्रचण्डले भने, ‘यो संसदभित्र भएका राष्ट्रिय दल, सबै बुद्धिजीवी, सबै जनवर्गीय संगठन, सबै कानुनविद् विघटनको कदम संविधान विपरित छ भन्नेमा एकमत छन् ।’

नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद् विघटनको निर्णय गरेको र त्यसलाई राष्ट्रपतिले स्वीकृत गर्दा नेपालको राजनीति जटिल र चुनौतीपूर्ण ठाउँमा पुगेको उनको भनाइ छ ।

 

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x