प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक -प्रकाशमान सिंह
वि.सं.२०७७ पुस १० शुक्रवार
shares
काठमाडौं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको बताएका छन ।
उनले प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन संविधान बिपरित कार्य गरेको बताए ।
प्रधानमन्त्रीले आफ्नो पद जोगाउन विधि मिचेर संविधान विपरीत कार्य गर्ने कुरा राम्रो नभएकाे नेता सिंहले बताए । ‘प्रधानमन्त्रीले आफ्नो पद जोगाउन विधि, पद्धति मिच्ने, संविधानविपरीत कार्य गर्ने कुरा राम्रो हाेइन, पार्टीको कुरा पार्टीभित्रै मिलाउने हो ।’ उनले भने ।
सिंहले संसद बिघटनको बिषयमा कांग्रेसले नेकपा सरकारको अक्षमता र गैरसंवैधानिक कदमलाई जनतासम्म पुऱ्याउनु पर्ने र कांग्रेसले संयमित भएर देशलाइ संकटतर्फ जानबाट राेक्नु पर्ने बताए ।
यस्तो बेला प्रतिपक्षी टुलुटुलु हेरेर बस्न नमिल्ने भन्दै उनले भने, ‘यस बेला कांग्रेसले आफ्ना एजेन्डा अनुसार देशलाई संकटबाट जोगाउन तयार हुनुपर्छ ।’
वि.सं.२०७७ पुस १० शुक्रवार १८:३९