मन्त्रिपरिषद् विस्तार

16.5K
shares
Nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा नौ सदस्य नयाँ थप गर्नुभएको छ भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो ।

थप भएका नयाँ मन्त्रीमा सिंचाइ, ऊर्जा तथा जलस्रोतमा टोपबहादुर रायमाझी, शहरी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, वन तथा वातावरणमा प्रेम आले, सामान्य प्रशासन तथा सङ्घीय मामिलामा गणेशसिंह ठगुन्ना, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा जुलीकुमारी महतो, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा गौरीशङ्कर चौधरी, युवा तथा खेलकूदमा दावा लामा र उद्योग राज्यमन्त्रीमा विमला विश्वकर्मा भएका छन ।

नयाँ जिम्मेवारी पाएका मन्त्रीमा स्वास्थ्य तथा जनसङ्ख्यामा हृदयेश त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रविधिमा कृष्णगोपाल श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा भानुभक्त ढकाल, कृषि तथा पशुपक्षीमा पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमा डा शिवमाया तुम्बाहाङ्फे र न्याय, कानून तथा संसदीय मामिलामा लीलानाथ श्रेष्ठ रहेका छन ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x