गौतम किन पुगे खुमलटारमा

921
shares
Shine resunga department bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

 

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् ।

 

उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए । तर आज उनी प्रचण्ड भेट्न खुमलटार पुगेका छन् ।

 

खुमलटारमा प्रचण्ड–नेपाल पक्षका नेताहरु पनि गौतमसंग छलफलमा सामेल भएका स्रोतले बताएका छन ।

 

खुमलटारमा अहिले माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र गौतमबीच छलफल भइरहेको छ । गौतम पक्षका केही नेताहरु भने ओली पक्षमा लागेर मन्त्री भइसकेका छन् ।

 

 

Sharestha treating