‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना
वि.सं.२०७७ पुस १५ बुधवार
1.7K
shares
shares
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।लामो समयदेखि बिरामी रहेकी सीताको स्वास्थ्यमा पुनस् समस्या देखिए पछि बुधबार अस्पताल भर्ना गरिएको हो ।
प्रचण्डकी छोरी गंगा दाहालले फेसबूकमा आमाको उपचार भइरहेको जनाएकी हुन् । सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उनले खुलाएकी छैनन् ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।