धादिङको थाँक्रे र गल्छिमा प्रेसर कुकर बम फेला पर्यो

31.4K
shares
Nabil bank

धादिङ । धादिङका विभिन्न स्थानमा भेटिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज गरिएको छ । पृथ्वी राजमार्गको महादेवबेसी स्थित थाक्रे गाउँपालिको गेटमा प्रेसर कुकरलाई कालो टेपले बाँधेर सडकको बायाँ साइडमा राखिएको अवस्थामा भेटिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज गरीएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले बताउनु भयो ।

 

त्यस्तैपृथ्वी राजमार्गको गल्छी गाउँपालिका स्थित चिरौंदी पुल नजिकै सुत्केरी ढुङ्गा भन्ने ठाउँमा भेटिएको प्रेसर कुकर बम सेनाद्धारा डिस्पोज गरिएको इलाका प्रहरी कार्यालय गजुरीले बताएको छ ।

 

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आयोजना गरेकोले उक्त बम विप्लव नेकपाले नै राखेको हुन सक्ने प्रहरीले बताएको छ । बन्दका कारण राजमार्गमा पनि प्रभाव परेको छ । केहि कम गाडीहरु सन्चालनमा रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x