रियलको जित बेन्जेमाको दुई गोल
वि.सं.२०७७ माघ ११ आइतवार
795
shares
shares
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभो एलाभेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको यस जितमा करिम बेन्जेमाले दुई गोल गरे भने इडेन हजार्ड र कासेमिरोले एक-एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि जोसेलुले एक गोल फर्काएका थिए ।
यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४० अंक भएको छ । लिगमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ तर एटलेटिको २ खेल कम खेलेको छ ।
त्यस्तै आल्भेजको भने २० खेलमा १८ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।