कोरोनाका कारण स्वास्थ्य मन्त्रालयका कर्मचारीको मृत्यु
वि.सं.२०७७ माघ १२ सोमवार
726
shares
shares
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्वास्त्थ तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृत ५१ वर्षीया कृष्ण गोपाल श्रेष्ठको कोरोनाबाट मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना संक्रमणबाट श्रेष्ठको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार श्रेष्ठ ललितपुर गोदावरी निवासी हुन् ।
उनी कोरोना संक्रमण भई केहीदिन देखि चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारत थिए। वीर अस्पतालमा उपचारकै क्रममा श्रेष्ठको सोमबार मृत्यु भएको सह–प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
वि.सं.२०७७ माघ १२ सोमवार २०:३६