नेपाली सेना र भारतबीच ऐतिहासिक सम्बन्ध’

786
shares
Shine resunga department bank

काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले नेपाली र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताएका छन् । राजदूत क्वात्राले ७३ औं भारतीय सेना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा उनले भारतीय सेनामा गोरखा सैनिकहरुले देखाएको निःस्वार्थ सेवा तथा बलिदानीप्रति कृतज्ञता व्यक्त गरे । उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक तथा नेपालमा बसोबास गरिरहेका उनीहरुको परिवारहरुको सेवा गर्न भारत सदैव प्रतिबद्घ रहेको कुरा दोहोर्याए ।

सो कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा ‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित रहेको थियो ।

‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले भारतीय सेना दिवसको अवसरमा भारतीय सेना प्रमुख जनरल एमएम नरवणेलाई शुभकामना सन्देश दिएका थिए । उनले भारतीय सेनाको वीरता, साहस र त्यागको प्रशंसा गरे । यस अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई महारथी थापाले सम्मान गरेका थिए ।