आजको मौसम यस्तो छ

594
shares
Shine resunga department bank

 

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ ।

 

यस्तो छ तीन दिनको पूर्वानुमान

माघ १४ गते (बुधबार)

दिउँसो : प्रदेश न. १ तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ ।

 

माघ १५ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ ।

 

राती : प्रदेश न. १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

माघ १६ गते (शुक्रबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भवाना छ ।

 

राती : देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका १ वा २ स्थानमा हल्का हिमापातको सम्भावना छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईमा बिहानीपख हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।