लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ

18.6K
shares
Nabil bank

काठमाडौँ । लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बोर्डेअक्सलाई २–१ गोल अन्तरले हराउँदै लियोन शीर्ष स्थानमा उक्लिएको हो ।

 

घरेलु मैदानमा लियोनलाई जित दिलाउन कार्ला टोको इकाम्वी र लियो डुवोइसले एक एक गोल गरे । बोर्डेअक्सका स्यामुएल कालुले एक गोल फर्काए ।

 

यो जितसँगै लियोन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । लियोनको २२ खेलबाट ४६ अंक पुगेको छ भने एक खेल कम खेलेको पीएसजीको ४५ अंक छ । लियोनसँग पराजित भएको बोर्डेअक्स ३२ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x