प्रचण्ड नामको ‘कागती’ले नेकपा फटाउन खाेजे : महेश बस्नेत

13.5K
shares
Nabil bank

 

माघ १७, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेतले सही बिचार, सिद्धान्त र मुलुकलाई समृद्ध बनाउने उद्देश्य लिएका केपी अाेलीकाे पक्षमा अाम जनता र कार्यकर्ता रहेको बताउनुभएकाे छ।

नेपाल कम्युनिस्ट पार्टी पर्वत-काठमाडौं सम्पर्क मञ्चद्वारा अायाेजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बाेल्दै नेता बस्नेतले जनतामा लाेकप्रिय बन्दै गएकाे नेकपा एमालेमा प्रचण्ड नामकाे कागती छिरेपछि कचाैराकाे केही दुध फाटेपनि नेकपाकाे सम्पूर्ण पंक्ति एकढिक्का रहेको बताउनुभयो।
‘पार्टी एकता भएकाे तीन वर्षसम्म १० लाख पार्टी सदस्यता छाप्न नसक्ने प्रचण्ड देशकाे नायक हाेइन खलनायक हाे,’ उहाँले भन्नुभयो, ‘पार्टीकाे कार्यकारी अध्यक्ष बनाइएका प्रचण्डले अाम कार्यकर्तालाई प्रशिक्षणमा नभई सामाजिक सञ्जालमा सिमित राखेे। म अहिले ४२ दिनमा ३३ जिल्ला पुगेर कार्यक्रममा सहभागी भएँ। कार्यकारी अध्यक्ष प्रचण्डले तीन वर्षमा केपी ओलीविरुद्ध षड्यन्त्र बाहेक के गरे?’
नेता बस्नेतले केही सयको संख्यामा रहेका सामाजिक सञ्जाल प्रयाेगकर्ताले सरकार र केपी नेतृत्वविरुद्ध भ्रम छर्न खाेजेकाे अाराेप लगाउनुभयाे।
उहाँले पर्वत सम्पर्क मञ्चमा अाबद्ध एक-दुई नटबाेल्ट फुक्लिँदा केही फरक नपर्ने बताउँदै सच्चा कार्यकर्ताकाे उपस्थितिले अाम कार्यकर्ता केपी ओलीकाे पक्षमा रहेकाे पुष्टि गरेको बताउनुभयो।
नेकपा नेता तथा गण्डकी प्रदेशका पर्यटन, उद्याेग, वन तथा वातावरण मन्त्री विकास लम्सालले १५ वर्ष पार्टीकाे नेतृत्व गरेका माधव नेपाल पार्टी प्यालेसकाे अध्यक्ष हुन कुन नैतिकताले दिएको हाेला भन्दै प्रश्न गर्नुभयो।

निर्वाचनमा हुँदैन भनेर जनतामा भ्रम छर्न खाेजिएकाे भन्दै केपी अाेलीकै नेतृत्वकाे नेकपाले चुनावमा गएर बहुमत ल्याउने बताउनुभयो। ‘हामी तथ्य र सत्य लिएर जनतामा जानुपर्छ,’ उहाँले भन्नुभयो, ‘केही स्वार्थी र कुन्ठा बाेकेर बसेका व्यक्ति बाहिर हुँदा केही फरक पर्दैन। हामी डटेर सामना गर्नुपर्छ।’

कार्यक्रममा बाेल्दै निवर्तमान सांसद पदम गिरीले केपी ओली नेतृत्वकाे सरकारले गरेका कामदेखि अात्तालिएर नेकपाका केही नेता सरकार ढालेर देशलाई अनिश्चितता तिर धकेल्न खाेजेकाले संसद विघटन हुने अवस्था आएको बताउनुभयाे।
नेकपा पर्वतका अध्यक्षसमेत रहनुभएका नेकपा केन्द्रीय सदस्य गिरीले केही नागरिक अगुवा भनिनेहरू संसद विघटन भएकाे चिन्तामा नभइ रत्नपार्कमा डलर डकारेकाे अाराेप लगाउनुभयाे।

उहाँले देश चुनावमय भएकाे अवस्थामा नेकपा प्रचण्ड-माधव नेपाल समुह चुनावमा जान खुट्टा कमाएकाे अाराेप लगाउँदै याे
विशिष्ट परिवेशमा सम्पर्क मञ्चकाे कार्यक्रममा भएकाे उपस्थितका लागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे।

भेलाले शिव पाैडेलकाे संयाेजकत्वमा १५१ सदस्यीय आयाेजक कमिटी गठन गरेकाे छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x