सभामुखले फिर्ता गरे संबैधानिक परिषद्को नियुक्ति सिफारिस

11.8K
shares
Nabil bank

काठमाडौं । संघीय संसद सचिवालयले संबैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि गरेको सिफारिसलाई फिर्ता पठाएको छ । सभामुख अग्‍निप्रसाद सापकोटाले संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्को पत्र आइतबार फिर्ता पठाएका हुन् ।

 

प्रतिनिधिसभा विघटन भएपछि संसदीय सुनुवाई समितिको कार्यविधि स्वतः समाप्त हुने र नियुक्तीको सिफारिस सम्बन्धि पत्रहरु प्रतिनिधिसभा विघटन पछि मात्रै सचिवालयमा प्राप्त भएकाले ती सबै सिफारिस सम्बन्धी पत्रहरुलाई फिर्ता पठाईएको सचिवालयले जनाएको छ ।

 

संबैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि ऐन २०६६ मा व्यवस्था भएको भन्दा फरक किसिमले अध्यादेश जारी गरिएको, परिषद्का सदस्य रहेका सभामुखलाई जानकारी नै नदिई बैठक बसेको अवस्थामा सिफारिस गरिएको तथा विगतमा पनि संसदीय सुनुवाई समिति बहाल नरहेको अवस्थामा संसदीय सनुवाईका लागि सिफारिस भई आएका निर्णय र पत्रहरु सम्बन्धित निकायमा फिर्ता पठाएको नजिर रहेकाले सो नजिरलाई पनि सिफारिस फिर्ताको आधार बनाईएको सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x